तुलसीपुर ११ मा कालोपत्रे हुँदै

दाङ :- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित नवलपुर प्रिगाउ हुँदै मोतिपुर सडक खण्ड कालोपत्रे हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयको संयुक्त अभियान अन्तर्गत प्राधिकरण मार्फत काम गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको वडा अध्यक्ष चित्र बहादुर वलिले जानकारी दिनुभयो । तयारी अन्तर्गत नवलपुर, प्रिगाउ र मोतिपुरका स्थानीयहरुको उपस्थितिमा आज नवलपुरमा भएको भेलाले उक्त सडकलाई १२ मिटर को अबधारणा अनुशार बिस्तार गर्ने निर्णय गरेको तुलसिपुर ११ का वडा सदस्य सुबास डागिले जानकारी दिनुभयो ।

वडा सदस्य डागिका अनुशार वडा समितिको निर्णय अनुशार प्राधिकरण अन्तर्गत करिब ४ सय िमटर उरहरी वडाकाे सिमाना देखि उरहरी स्कुल हुँदै दामोदर सडक सम्म र बाकी नवलपुर प्रिगाउ हुँदै मोतिपुर सडकमा गरि ३ किलोमीटर कालोपत्रे हुनेछ । स्थानीय समाजसेवी शिबचन्द्र गौतमको अध्यक्षता एबम तुलसिपुर ११ का वडा सदस्य सुबास डागिकाे प्रमुख आतिथ्यमा भएको भेलाले नेत्रमणी शर्मा अध्यक्ष रहेको उपभोक्ता तथा समन्वय समिती गठन गरेको छ ।

जसको सचिबमा बिक्रम शाह, कोषाध्यक्षमा बिस्नी चौधरी रहनु भएको छ भने सदस्यमा दल बहादुर वलि, भारपोस्तक बिक, बुझौना चौधरी र जुद्ध बहादुर बस्नेत रहनु भएको छ । भेलाले सडकमा पर्ने भौतिक संरचना हटाउन २०७८ असार मसान्त सम्मको समय सिमा तोक्ने निर्णय गरेको छ भने स्थानियहरुले पक्की नालाको समेत ब्यबस्थापन गर्नका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्नेमा जोड दिएका थिए । भेलाको सहजीकरण समाजसेवी खिम बहादुर वलिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस