सक्सेसले चुम्यो लखन थापा कप फुटबल को उपाधि

लक्ष्मण बस्नेत/दाङ :-
शहिद लखन थापा कप फुटबल प्रतियोगिता २०७६ को उपाधी सक्सेस फुटबल क्लब तुलसिपुर ले हात पारेको छ ! नेपाल मगर संघ दाङ को आयोजनामा दाङ घोराही भरतपुर खेल मैदानमा संचालित प्रतियोगिताको बुधबार सम्पन्न फाईनल खेलमा युएनबिसी फुटबल क्लब घोराहि लाई शून्य का विरुद्ध २ गोल ले पाखा लगाउदै सक्सेस फुटबल क्लब ले उपाधी उचाले को हो !
उपाधी संगै उसले लखन कप तथा नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्‍यो ! उता फाईनलमा पराजित युएनबिसी उपबिजेतामा सिमित रहदै ५५ हजार ५ सय ५५ रुपैयाँ मा चित्त बुझाउन बाध्य भयो !
उल्लेख्य दर्शक बिच भएको कडा प्रतिस्पर्धा अनि शानदार खेलमा सक्सेस का अबिशेक ओलि र किरण योगि ले समान एक/ एक गोल गरे ! फागुन २ गते देखि सुरु भएको प्ररियोगितामा जिल्ला १६ टिम को सहभागिता रहेको थियो !
यसैबिच बिजेता र उपबिजेता लाई बिहिबार ३८ औ मगर दिवश को अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको नेपाल मगर सघ दाङ ले जानकारी दिएको छ !

प्रतिक्रिया दिनुहोस