सन्जीव पराजुलीको “बालपनको उमेर –२”

गायक सन्जीव पराजुलीले नयाँ गित “बाल्यकालको सम्झना” बजारमा ल्याएका छन् । यस गितलाई संगीतकार बसन्त सापकोटाको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यस गितमा संगीतकार बसन्त सापकोटाले नै शव्द रचना तथा संगीत गरेका छन् । गितले बाल्यकालमा भएका सम्पूर्ण कथालाई फेरि स्मरण गराउन सफल भएको छ । बाल्यकालमा गरिएका बदमासी देखि बालपनमा गरिने हरेक क्रियाकलापलाई स्मरण गराउन सफल भएको छ ।

गायक पराजुलीले यस अघि पनि थुप्रै हिट गितहरु पस्कीएका छन् । उनी सांगीतिक क्षेत्रमा बिभिन्न हिट गितद्धारा आफुलाई स्थापीत बनाउन सफल गायक हुन् । उनले बजारमा ल्याएका यस अघिका गितहरुले दर्शक तथा स्रोताका अपार माया पाउन सफल भएका छन् ।

यस्तै संगीतकार बसन्त सापकोटा व्यवसायीक रुपमा आफूलाई स्थापित गराएका गायक तथा संगीतकार हुन् । उनले संगीत तथा स्वर दिएका गितहरु थुप्रै हिट छन् । सोहि अनुरुप उनले बजारमा ल्याएका गितहरुलाई सफल गितको रुपमा समेत लिने गरिन्छ ।

अहिले भर्खरै आएको यस गितलाइ पनि दर्शक तथा स्रोताको राम्रो प्रतिक्रिया आईरहेको छ । भिडियोमा सानासाना बच्चा बच्चीहरु सहित सिम्रन कार्की र गायक पराजुली स्वंय देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस