वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं :-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कोटामा राष्ट्रिसभामा पठाउन लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गौतम गत प्रतिनिधसभाको निर्वाचन बर्दिया क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए ।

गौतमले निर्वाचनमा पराजय भोगेपनि सांसद हुने उत्कट अभिलासा भने त्याग्न सकेका थिएनन् । त्यहिकारण उनले पटक पटक सांसद हुने कोशिस गरेका थिए ।

यो भन्दा पहिला पनि नेकपाका नेताहरुले उनलाई राष्ट्रियसभाको उम्मेदवार बन्न आग्रह गरेका थिए । तर उनले संविधान संशोधन गरेर प्रधानमन्त्री हुन पाउने भएपछि मात्र राष्ट्रियसभामा जाने अड्डी कसेका थिए ।

बुधबार बसेको सचिवालय बैठकले शनिवार बनाएको संविधान संशोधन अध्ययन गर्न बनाएको कार्यदल विघटन गरेको श्रेष्ठले बताए । बैठकमा संविधान संशोधनलगायतका विषयमा भने बैठकमा छलफल नभएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस