आगलागी पीडितलाई नेकपा नेता मोहन पौडेलको पहलमा राहत प्रदान

दाङ :-  तुलसीपुर उपमहानगरपालिका वडा न १३ फुलबारी मझघटुवा निवासी आगलागी पीडित मान बहादुर विश्वकर्मा लाई सहयोग प्रदान गरिएको छ ।

तुलसीपुर स्थित केसी टेडर्सका संचालक पूर्ण केसी र तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य सिताराम शर्माको आर्थिक सहयोगमा पिडित लाई सहयोग गरिएको हो ।

सहयोग स्वरुप उनलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको शर्माले बताए । नेकपा का युवा नेता मोहन पौडेल र दिपशिखा जिएमको पहलमा सहयोग प्रदान गरिएको हो । विश्वकर्माको घर फागुन ८ गते आगलागीका कारण जलेको थियो ।

प्रतिक्रिया दिनुहोस