देशैभरमा प्रहरीको जनशक्ति बढाउने र प्रहरीको आत्मवल बढाउने योजना अगाडी सरेको छु: गृहमन्त्री थापा

काठमाडौँ :- गृहमन्त्री रामबहादुर थापा बादलले चितवन क्षेत्र नम्बर २ लाई औद्योगिक र पर्यटकीय दुवै दृष्टिले विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।   थापाले उदपुर पार्क तथा बाल उद्यानको उद्धघाटन गर्दै यस्तो बताएका हुन् ।

उनले भने “चितवन क्षेत्र नम्बर २ मेरो निर्वाचन क्षेत्र हो, मैले यसअघि यहि क्षेत्रबाट निर्वाचित भईसकेको छु, अहिले पनि यसै क्षेत्रको प्रतिनिधिको रुपमा राष्ट्रिय सभामा छु ।”

त्यति मात्र होइन् , विगतदेखि जनताको माग अनुसारका विकास निर्माणमा सक्रियता पूर्वक लागिरहेको जनाउदै आगामी दिनमा समेत यस क्षेत्रसगैँ समग्र चितवनको विकास लागि आफु निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आगमी दिनमा यस क्षेत्रमा थप सक्रियता बढाउने प्रतिवद्धता व्यक्त गर्दै उनले यहाँ आवश्यक प्रहरी चौकी, चौकी स्तर उन्नतीका, लगायतका काम तत्कालै अगाडी बढाईरहेको बताउदै त्यसैको उदाहरण जुटपानी प्रहरी चौकी रहेको बताए । साथै एक वडा एक चौकी र एक नगर एक ईलाका प्रहरी कार्यालय अवधारण अनुसार जुटपानीलाई ईलाकामा स्तर वृद्धि गर्ने र शक्तिखोर लगायत अन्य ठाउँमा पनि थप प्रहरी चौकी विस्तार गर्न लागिएको उनको भनाई छ ।

उनका अनुसार “सुरक्षा विना विकास असम्भव छ ,मैले यहि देखेर देशैभरमा प्रहरीको जनशक्ति बढाउने र प्रहरीको आत्मवल बढाउने योजना अगाडी सरेको छु, जसले भोलीको विकास र समृद्धिमा ठुलो टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस