दङ्गिशरणमा सोमबार देखि रास्ट्रपति रनिङ शिल्ड

लक्ष्मण बस्नेत/दाङ :-
दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सोमबार देखि सुरु हुदैछ !
दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र माबी हेकुली को संयोजनमा संचालन हुने प्रतियोगिता को औपचारिक उद्घाटन बिहान १० बजे गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका कार्यालयले जनाएको छ !
तीन दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल,कबडी, छात्र/छात्रा,ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुनेछ !
प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्र का सामुदायिक तथा निजि बिधालय को सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् !
यसैबिच प्रतियोगिता को आयोजक दङ्गिशरण गाउँपालिका तथा सयोजनको जिम्मा पाएको बिरेन्द्र माबी हेकुली ले प्रतियोगिता को सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ! तयारी स्वरुप खेलमैदान मर्मत,ट्रयाक एण्ड फिल्ड निमार्ण,आर्थिक तथा प्राबिधिक ब्यबस्थापन,प्रचार प्रसार लगाएत कार्य पूरा भएको र उद्घाटन समारोह मा उपस्थितिको लागि राजनितिकदल,समाजसेवि,बुद्धिजीवी,खेलप्रेमी, खेलाडी,पत्रकार लगाएत सबैमा हार्दिक अनुरोध गरेको दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद समितिका प्रमुख बिनोद अधिकारी ले जानकारी दिनुभएको छ !

प्रतिक्रिया दिनुहोस