रास्ट्रपति रनिङ शिल्ड सम्पन्न मिडवयस्ट ले चुम्यो उपाधि

लक्ष्मण बस्नेत/शान्तिनगर दाङ :-
शान्तिनगर गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी मिडवस्ट प्वाईन्ट एकाडेमी खैरेनी ले हात पारेको छ !
शान्तिनगर गाउँपालिका को आयोजना तथा बिपि कोईराला नमुना माबी बयाले सिमतरा को संयोजनमा बयाले सिमतारा खेलमैदान सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ८ रजत र १ कास्य पदक हात पार्दै साबिक बिजेता मिड वयस्ट प्वाईन्ट एकाडेमि ले उपाधी चुम्न सफल भएको हो ! उपाधी संगै उसले लगातार दोस्रो पटक रनिङ शिल्ड उचाल्यो !
त्यस्तै ५ स्वर्ण,७ रजत र २ कास्य पदक का साथ लोकप्रीय बिधा मन्दिर ले दोस्रो स्थान हासिल गर्दा जनकल्याण माबी सिमसुन्दरपुर ५ स्वर्ण,३ रजत ९ कास्य पदक सहित तेस्रो र बिपि मा बि बयाले ४ स्वर्ण,५ रजत र ५ कास्य का साथ सान्त्वना स्थान हासिल गरेको सचिवालय सदस्य खेम राज तिवारी ले जानकारी दिनु भएको छ !
फागुन सात गते देखि संचालित प्रतियोगितामा शान्तीनगर गाउँपालिका मा स्थापित निजि तथा सामुदायिक गरि १० बिधालय को सहभागिता रहेको थियो !

प्रतिक्रिया दिनुहोस