खोकना पनि पर्यटकको एक महत्वपूर्ण स्थान : गृहमन्त्री थापा

काठमाडौँ ।  समृद्धि नेपाल निर्माणको अभियानलाई लिएर नेपाल नयाँ ढंगले अगाडी बढेको गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले बताएका छन् ।

शुक्रबार खोकना महोत्सव २०७६ को उद्घाटन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिले नेपाल भर कुनै न कुनै रुपले महोत्सव आयोजना भएको र यसले देशलाई कसरी समृद्ध बनाउँछ भन्नेमा देश अगाडी बढीरहेको बताए ।

भ्रमण वर्ष मनाउँदै गर्दा देशैभर  महोत्सव मनाउनको उदेश्य पर्यटक भित्र्याउनु रहेको उनको भनाइ छ ।  उनले भने, ‘जब हामी खुसी हुन्छौँ तब मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभियान पुरा हुन्छ ।’ छोटो समयमा देशलाई समृद्ध बनाउने मुख्उ उपाय नै पर्यटक रहेको बताउँदै उनले  नेपाल विश्वमै कला संस्कृति र प्राकृतिकको धनि देश रहेको बताए ।

उनले नेपालमा रहेको अतुलनिय कला संस्कृतिलाई बेचेर भएपनि सम्पत्ति आर्जन गर्न सकिने बताए ।
खोकना पनि पर्यटकको एक महत्वपूर्ण स्थान रहेको र यहाँ भएको काला संस्कृतिको पहिचानलाई उजागर गर्न सके नेपालको आर्थिक विकासमा टेवा पुर्याउनुको साथै  समृद्ध नेपाल सृजनाको कल्पनालाई  साकार पार्न सकिने बताए ।

विश्वकै नम्बर एक रहेको नेपालमा भएका बहुमुल्य सम्पदाहरु बेचेर भएपनि देशलाई विकसित मुलुक भन्दा धनि बनाउन सकिने जानकारी दिए । नेपालमा रहेको पर्यटकीय क्षेत्रलाई पर्वदन गर्न सके नेपाललाई चाँडै विकासोन्मुख बनाउन सकिने  उनको भनाइ छ ।  कृषिलाई आधुनिकिकरण गरेर व्यस्थित ढंगले अगाडी बढ्ने सरकारको तयारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस