अाज महाशिवरात्रि देशभर का शिवालय मा पुजा गर्ने को घुईचाे

दाङ:आज महाशिवरात्रि पर्व देशभर मनाइँदै छ । महाशिवरात्रिका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर, दाङको धारापानि मन्दिर ,सल्यान काे छायाक्षत्र लगायतदेशभरका शिवालयमा पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी दिन मनाइने शिवरात्रि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरीमनाउने गर्दै छन ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिको विशेष महत्व छ ।
आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरे शिव खुसी भई मनाेकाङक्षा पूरा हुने विशवास छ।

प्रतिक्रिया दिनुहोस