सञ्चारमन्त्री गोकुल बास्कोटाद्वारा राजीनामा

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाको कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा मन्त्री बास्कोटाले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको यसको जानकारी दिएका हुन् ।

सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी आफुले पाएको बताउदै प्रतिपक्षी दल काँग्रेसलाई संसद अवरोध नगर्न आग्रह गरेका थिए । उनले औपचारिक जानकारी नआए पनि अनौपचारिक रुपमा आफुले मन्त्री बास्कोटाले राजीनामा दिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस