जन्तालाई प्रजातन्त्र अाएकाे महसुुस नभएकाे नागरीक समाज डाेल्पाका अध्यक्ष बुढाको भनाई।

लेख बुढा,डाेल्पा :-  नेपाली जन्ताहरुलाई प्रजातन्त्र अाएकाे महसुुस नभएकाे नागरीक समाज डाेल्पाका अध्यक्ष सेर बहादुर बुढाले बताउनु भयाे । ७० अाैँ प्रजातन्त्र दिवसकाे अवसरमा जिल्ला समन्वय समिति डाेल्पामा भएकाे एक कार्यक्रम मा अध्यक्ष बुढाले यस्ताे बताउनु भएकाे हाे । गाउगाउमा सिहँ दरवार हुनु पर्ने ठाउमा गाउगाउमा हजाराै सिहँहरु भएकाले स्थानिय सर्वसाधारणले प्रजातन्त्र लाेकतन्त्रकाे महसुुस गर्न नपाएकाे उहाकाे भनाई रहेकाे थियाे । हिजाे एउटा राजाकाे व्यवहार र अाज का जनप्रतिनिधिहरुकाे व्यवहार उस्तै भएकाे भन्दै जन्ताप्रति गर्ने व्यवहार परिवर्तन गर्न अध्यक्ष बुढाले अाग्रह गर्नु भएकाे थियाे । हाल नेपालमा जनप्रतिनिधि तन्त्र र कर्मचारी तन्त्र फैलीएकाे र अाफ्नालाई काख अर्कालाई पाख गर्ने प्रवृति प्रति पनि अध्यक्ष बुढाकाे विराेध रहेकाे थियाे । अब जनता सधै उस्तै नभएर केही बुझ्ने भईसकेकाले जनप्रतिनिधि हाेस् या कर्मचारी सबैले अाअाफ्नाे काम कर्तव्य पूरा गर्नु पर्ने उहाकाे भनाई रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस