बाँके र बर्दिया कर्णालीमा गाभ्न हतार गर्न हुँदैन – प्रचण्ड

काठमाडौं :-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनचाहाना अनुसार प्रदेशको संरचनामा परिर्वतन हुन सक्ने बताएका छन् ।

नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत आएका प्रचण्डले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा प्रसंगबस बताएको स्पष्ट पारे ।

उनले प्रदेशको भू-बनोट सधैं एकै रहने ग्यारेन्टी नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने बताए ।

संघीयता जनताको लागि ल्याएको भएपनि तत्कालै बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न नहुने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस