श्रीमद्भागवत ज्ञानमहायज्ञमा पाँच लाख दान संकलन

दाङ/ङदङ्गीशरण :- दङ्गीशरण-५ मिरौलीमा सञ्चालित श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञानमहायज्ञमा सातौ दिनसम्म दस लाख दान संकलन भएको छ। महायज्ञको दसौं दिनसम्म आउदा दानविरहरु आउने क्रम बड्दो रहेको मुल आयोजक समीतीले जनाएको छ दिनमा जत्तिकै सन्ध्याकालीन समयमा समेत दानविरहरुको आउने क्रम बड्दो रहेको छ अहिले सम्म सबैभन्दा बढी दान गर्नेहरूमा तारा बस्नेत १०११११, माधब न्यौपाने ३३१५५,जोगलाल न्यौपाने ३११५५,कृष्ण दाहाल २६१५५,सोभाकर न्यौपाने २५२५५,शंकरदेब भट्टराई १६५५५,सङ्कर सुनार१५००५,कृष्णा कुमारी उपाध्याय १३१५५,शीबशक्ती आमा समुह १३००५,राजकुमार श्रेष्ठ १२६०६,जनार्दन शर्मा १११११,राजु चौधरी १०१५५,भास्कर मजगैयाँ १०१०५ रहनुभएको सुचना बिभागका सदस्य अर्जुन भट्टराईले जानकारी दिएका छन्। महेश्वर शीवालयले धर्मशाला निर्माणार्थ ज्ञानमहायज्ञको आयोजना गरिएको मुल आयोजक समीतीले जनाएको छ। स्थानियहरुको साथ र सक्रियतामा ज्ञानमहायज्ञ सफल बन्दै गएकोमा मुल आयोजक समीती आफ्नो उदेश्य पुरा हुने कुरामा ढुक्क रहेको बताएको छ। यस ज्ञानमहायज्ञमा लक्षबर्तीका, व्रतबन्ध, बिबाह, रुद्री लगायतका धार्मिक कार्यक्रमहरु राखीएको ज्ञानमहायज्ञको सुचना बिभागका सदस्य अर्जुन भट्टराईले जानकारी दिएका छन्।
दानविरहरुलाई ज्ञानमहायज्ञका बाचक नेपालकै ख्यातीप्राप्त पण्डितद्वय रामचन्द्र तिमल्सिना र १०८ भागबतका अभीयान्ता हरिचन्द्र तिमल्सिनाज्युको हातबाट टीका, माला, प्रसाद र प्रमाणपत्रका साथ सम्मनित गरिएको सुचना बिभागका सदस्य अर्जुन भट्टराईले जानकारी दिएका छन्।
ज्ञानमहायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरूको उपस्थितिले गर्दा रात दिन भक्तजनहरूको बाक्लो उपस्थिति रहेको बताईएको छ।
साथै सुचना बिभागका सदस्य अर्जुन भट्टराईले यस्तो धार्मिक कार्यक्रममा सम्पूर्ण भक्तजनहरूलाई गरिमामय उपस्थितिका लागि समेत हार्दिक अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस