अमेरिकी मिडियामा छाए महरा

काठमाडौं :-  पूर्व सभामुख कृष्णबहादुर महराको बारेमा अमेरिकाका दुई प्रसिद्ध सञ्चार माध्यम ’द न्यू योर्क टाइम्स’ र ’लस एन्जल्स टाइम्स’ले प्राथमिकताका साथ समाचार छापेका छन् ।

दुवै सञ्चारमाध्यमले महराले बलात्कार आरोपबाट सफाइ पाएको उल्लेख गर्दै महराको छोटो जीवनीका बारेमा पनि जानकारी दिएका छन् ।

न्यू योर्क टाइम्सको अनलाइन संस्करणमा भनिएको छ, ’अदालतले अभियोग दाबी पुग्ने कुनै आधार नभएको भन्दै सफाइ दिएको छ ।’

त्यस्तै लस एन्जल्स टाइम्सले नेपालका पूर्व सभामुखले बलात्कार अभियोगबाट सफाइ पाए भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ ।

गत असोजमा महरा पक्राउ पर्दा पनि अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले प्रमुखताका साथ समाचार प्रकाशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस