प्रहरीमाथि दुर्व्यवहार गरेपछि गुन्डा नाइके लामा पक्राउ

काठमाडौं :- प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काभ्रेली गुन्डा समूहका नाइके सत्यमान लामा पक्राउ परेका छन् । ड्युटीमा खटिएको प्रहरीमाथि मापसे गरी दुर्व्यवहार गरेपछि सत्यमानलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनले जाँचका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेका थिए ।

यसअघि पनि उनी पटक–पटक विभिन्न आरोपमा पक्राउ पर्दै आएका थिए । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले उनीमाथि अभद्र व्यावहारमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए ।
सत्यमान गुन्डा नाइके दावा लामाका सहयोगीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस