महरा रिहा भएपछि रोशनीले भनिन्– ‘हामी दुबैले न्याय पायौँ’

काठमाडौं– संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले निवर्तमान सभामुख कृष्णबहादुर महराले न्याय पाएको प्रतिक्रिया दिएकी छन् ।

सोमबार काठमाडौँ जिल्ला अदालतले बलात्कार प्रयासको मुद्दामा महरालाई सफाइ दिएपछि शाहीले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा महरा १९ असोजमा पक्राउ परेका थिए ।

उनले भनिन्, ‘महरा सरकारले न्याय पाउनुभएको छ । मैले पनि न्याय पाएकी छु । अदालतको फैसलाबाट दुःख दिन खोज्नेहरु पराजित भएका छन् ।’

महराले आफूलाई बलात्कार प्रयास भन्दै उनी मिडियामा आएकी थिइन् । तर पछि उनले बयान फेर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस