टेबुलमाथि चढेर सलामी लिने मेयर पौडेलको आलोचना

बागलुङ :- बागलुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल टेबलमाथि चढेर सलामी लिएका कारण आलोचित बनेका छन् ।

जैमिनी नगरपालिकामा शनिबार आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद कार्यक्रममा मेयर पौडेलले टेबुलमा उभिएर सलामी लिएपछि आलोचना भएको हो ।

विद्यार्थी र खेलाडीले मार्चा पास गर्ने क्रममा मेयर पौडेल टेबुलमाथि उभिएर सलामी लिएको एक जना प्रत्यक्षदर्शीले बताए । मेयर पौडेलले आफू टेबुलमाथि चढ्न नचाहेको तर, शिक्षक र प्रशिक्षकहरूको आग्रहमा टेबुलमा चढेको प्रतिक्रिया दिएका छन् ।

मेयर पौडेलले टेबलमा उभिएर खेलाडीहरूलाई सलामी फर्काएका थिए । यसअघि पनि विभिन्न गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका मेयरहरूले ‘पिर्के’ सलामी लिएको भनेर आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस