सरसफाई मा सक्रिय बन्दै प्रतिभा टोल

लक्ष्मण बस्नेत/दाङ :-
प्रतिभा टोल बिकास सस्था तुलसिपुर ५ ङ लाईन ले सनिवार टोल सरसफाई गरेको छ !
सस्था ले सडक तथा घर आगन सफा राखौ, स्वस्थ जीवन शैली अपनाऔ भन्ने मुल नारा का आफ्नो मासिक नियमित कार्यक्रम अन्तरगत टोल सरसफाई गरेको हो !
सस्थाको उत्तर सिमाना को-को भ्यु रेस्टुरेन्ट देखि दक्षिण वडा न ५ को सिमाना सुकौरा रोड सम्म टोलबासी र टोलमा अबस्थित कला,संगित र नृत्याङ्गन को उद्गम स्थल प्राकृतिक कला केन्द्र को उल्लेख्य सहभागीता मा टोल सरसफाई गरेको सस्थाका सचिव लक्ष्मण बस्नेत ले जानकारी दिए ! सस्थाका अध्यक्ष प्रेम योगिको नेतृत्व मा भएको सरसफाई कार्यक्रममा ९५ जना को सक्रिय सहभागिता रहेको थियो !

प्रतिक्रिया दिनुहोस