महिलातर्फको अार्मी हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पालाई

काठमाडौ । प्रधानसेनापति कप महिलातर्फको हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितेकी छिन् ।
उनले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०८ सेकेण्डमा पुरा गरिन् । उनले यसपटक हाफ म्याराथनमा राष्ट्रिय किर्तिमान समेत कायम गरिन् । यसअघि उनले फुल म्याराथनमा समेत राष्ट्रिय किर्तिमान रचेकी थिइन ।
पुलिसकी राजपुरा पछाईले १ घण्टा १८ मिनेट ३७ सेकेण्डको समय सहित दोस्रो स्थान हासिल गर्दा आर्मीकी विश्वरुपा बुढाले १ घण्टा २० मिनेट २२ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरिन् ।

हाफ म्याराथनतर्फ विजेता, उपविजेता र तेस्रोले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस