दाङको तुलसीपुरमा थारुहटको बृहत शान्तीपुर्ण र्‍याली (फोटो फिचर)

दाङ :-  रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्नुपर्ने माग गर्दै तुलसीपुरमा बृहत र्‍याली निकालिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. ३ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाईमा भएको बृहत शान्तीपुर्ण र्‍यालीमा थारु नेता, अगुवा सहित गाउँ गाउँबाट आएका सयौं थारु युवायुवतिहरुको सहभागिता रहेको थियो ।
गुम्राह चोकबाट सुरु भएको ¥याली तुलसीपुर बजार परिक्रमा गरि बि.पि चोकमा आएर कोण सभा गरिएको थियो ।
सभामा मोर्चाका जिल्ला संयोजन समितिका अध्यक्ष जन्कुलाला चौधरीको सभापतित्व र थरुहट थारुवानको केन्द्रीय सदस्य प्रभा चौधरी, रन्जित चौधरी साझा पार्टीका शिव चौधरी नेशनस मंगोल अरगनाईजेशनको प्रतिनिधि घन्याम चौधरी, राष्ट्रिय प्रजातन्त्र संयुक्तका प्रतिनिधि छोटीलाल चौधरी,समाजबादी पार्टीका केन्द्रीय सदस्य हरी रिजाल,दाङ नारायणपुर निवासी महिला नेत्री प्रभा चौ. पहरुवा कि महिला नेत्री जघन्या चौधरी लगाएतको उपस्थीति रहेको थियो ।
समर्थकहरुको बाक्ले उपस्थीति रहेको थियो । भने सभाको संचालन घनश्याम थारुले गरेका थिए ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस