लाेप हुँदै माघी तिहारमा छेलाे,बेजाे,तान्जेउरी र भकुन्डाे

लेख बुढा/डाेल्पा :-
नेपालीहरु महान पर्व भिऐ पर्ने माघी पर्व पनि एक हाे । डाेल्पा जिल्लाकाे मुड्केचुला गाउपालीका वडा नं१ नर्कुमा प्रत्यक बर्षकाे माघ १ गते जेठिमाईतिहार र फागुन १ गते कान्छि माईतिहार भब्यताकाे साथ मनाउने गर्दथ्य । केही बर्ष अगाडि देखि पुर्खेउली माईतेरमा खेलीने सबै खेल लाेप (हराउदै)गएक्काे मुड्केचुला ६ नर्कुका बृदा बुद्वीजिवि पन्च बहादुर ठकुल्लाले बताउनु भयाे । स्थानिय बुद्वीजिवि ठकुल्लाले भन्नू भयाे “सबै अाफन्त जम्मा हुने एउटा गाेलाकार ढुंगालाई एक हातमा राखी छेलाे हिर्काउने गरिन्थ्याे जस्लाइ सटफुट भनिन्छ । साेही दिन एउटा काठलाई ताराे बनाएर एक सय मिटर भन्दा टाढा काे दुरीबाट भरुवा बन्दुक फाईरिङ (पड्काएर) बेजाे हान्ने गरिन्थ्याे ।यस्लाई ब्येजाे मार्ने भनिन्थ्याे । यस्तै सबै जम्मा भएर वरावर दुईभागमा विभाजन भएर डाेरी तान्ने खेल तान्जेउरी खेलिन्थ्याे । यस्तै सबै अाफन्त मिलेर टालाटुली खेरेर बल जस्ताे भकुन्डाे खेलिन्थाे ।
पछिल्ला पुस्ताहरुले अघिल्ला पुस्ताहरुकाे पुर्खेउली पेेसा तथा कला संस्कृति रितिरिवाज सबै भुल्दै गएकाे संस्कृती जानकारहरुले बताउछन । यस्तै मुड्केचुला गाउपालीका १ कालिका भाेट गाउँ, वडा नं ४ इल र साविकाे सर्मि गाविस मा पुल्ति (बेहुली)पाेल्ने चलन पनि बिस्तारै हराउदै गएकाे स्थानिय जानकार लंक राेकायाले बताउनु भयाे ।प्रत्यक बर्षकाे माघ १ र फागुन १ गते दुई जना केटिलाइ एउटा वेहुली एउटा वेहुला वनाई विवाहा गरीदिने टीका टालाे गरेर सबैलाइ खानपान गरि रमाईलाे गर्ने चलन हुन्छ । कपडाकाे बेहुला बेहुलीकाे पुत्ला बनाई पन्चे बाजा संगै नजिकैकाे खाेलामा जलाउने र बेहुला वेहलीलाइ घरमा ल्याइ टिकाटालाे गरेपछी छाेरीकाे नराम्राे दाेस सबै काटिने पुरानाे साेच थियाे तर बिस्तारै याे परमपरा पनि लाेपहुदै गएकाे स्थानिय शिक्षीत युवा खिम बुढाले बताउनु भयाे । स्थानिय संस्कृतीलाई जगेर्ना गर्न सबै लागि पर्नु पर्ने देखिएकाे पनि केही जानकारहरुकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस