१६ सहसचिवको सरुवा

काठमाडौं :- सरकारले १६ सहसचिवको सरुवा र हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा सरुवा भएका छन्।

सामान्यकै प्रवक्ता भुपाल वराल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाइएको छ।

मन्त्रीपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो। सहसचिव उमेश बस्नेत, ठाकुर सिग्देल, खड्ग बहादुर कार्की, हरि बखती, कृष्णप्रसाद धिताल, भीष्म न्यौपाने, वासुदेव शर्मा, टीकाराम ज्ञवाली, तेजराज पाण्डे, शंकरप्रसाद सुवेदी, आनन्द सारू, कृष्णकान्त उपाध्याय र उपेन्द्र खनालको सरुवा र हेरफेर गरेको छ।

प्रतिक्रिया दिनुहोस