सप्तरङ्गी को खेल सप्ताह सम्पन्न ब्लु हाउस च्याम्पियन

लक्ष्मण बस्नेत/दाङ :-
सप्तरङ्गी बोर्डिङ स्कुल (सक्सेस)तुलसिपुर ९ बेलुवा दाङ ले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ! बिधालय मा अध्ययनरत छात्र/छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभा लाई उजागर गर्न आयोजित खेल सप्ताह को सुक्रबार एक भब्य कार्यक्रमका बिच समापन गरिएको हो !
बिधालयको १३ औ बार्सिक उत्सव का अबसरमा आयोजित खेलकुद सप्ताह मा ब्लु,यलो,रेड ग्रीन हाउस बिच भएको कडा प्रतिस्पर्धामा भएको थियो !
जसमा ब्लु हाउस च्याम्पियन भएको थियो भने यलो हाउस दोस्रो र रेड हाउस तृतिय भए !
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ललित जङ्ग शाहको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ९ का अध्यक्ष घनश्याम ढकाल को प्रमुख आतिथ्य एवं बिधालय ब्यबस्थापन समितिका सदस्य तथा युवा ब्यबसायी मोहन भण्डारी र खेलकुद पत्रकार मन्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतको बिशिस्ट आतिथ्य मा कार्यक्रम भएको थियो !
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकाल ले खेलकुद मानव जिवन को अभिन्न अंग भएको बताए ! खेलकुद बालबालिको सर्बाङ्गिन बिकास आधार स्तम्भ हो यसले बालबालिको चौतर्फी बिकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउछ उनले भने ! कार्यक्रम मा बिशिस्ट अतिथी मोहन भण्डारी लगाएतका ले मन्तब्य ब्यक्त गरेका थिए ! सो अबसरमा एथलेटिक्स तर्फ का ट्रयाक तथा फिल्ड, छात्र फुटबल, खो-खो, स्लो बाईक रेस, कबड्डि र जुनियर लेवल तर्फ स्पोन रेस, किङक्विन रेस लगाएतका बिधामा प्रथम,दोस्रो र तृतिय स्थान हासिल गर्ने छात्र/छात्रा लाई पुरकार तथा प्रमाणपत्र प्रदान गरिएको थियो
बिधालयका भ्वाईस प्रीन्सिपल प्रदिप ओलि को स्वागत रहेको कार्यक्रमको संचालन बिधालय कोर्डिनेटर गोपाल गिरि ले गरेका थिए !

प्रतिक्रिया दिनुहोस