किस डे’

नानी बिवु/काठमाडौं :-

लघुकथा-

भ्यालेन्टाइन विक चलिरहेकोले भ्यालेन्टाइन डे मनाउने साथीहरुको फेसबुकमा निकै चहलपहल थियो । जोडी हुनेहरु कहिले के डे कहिले के डे भन्दै बिभिन्न फोस्ट तथा फोटोहरू राखिरहेका थिए । म जोडी नहुने चाहिँ तिनै पोस्टहरु पढ्दै मज्जा लिइरहेको थिएँ । एउटाको रमाइलो स्टाटस पढ्दै थिएँ ।

सुप्रियाले फोन गरी । उसको ब्वाइफ्रेन्ड थियो । पक्कै पनि ‘म सिङ्गललाई जिस्काउन त फोन गरेकी होली नि यो केटीले’ भनेर मैले उसको फोन पहिलो पटकमा उठाइन् । फेरि गरेपछि उठाएँ ।

‘हेल्लो’

‘के हो के फोन उठाउन पनि यति गाह्रो’ उ रिसाएझैँ बोली ।

‘था’पाइ था’पाइ नउठाको हुम् तेरो फोन ।’ उ रिसाए पनि मैले हाँसेर उत्तर दिएँ ।

‘किन ??’ उसले आश्चर्यभावले प्रश्न गरि।

‘ब्वाइफ्रेन्डलाई गरेकी होलिस् झुक्केर यता आको हो कि भनेर नउठाइदेको नि’ मैले जिस्काएँ ।

‘चुप् लाग् साऽ..! तैलाई गरेको हुम् ।’

‘भन् किन गरेकी ?’

‘आजको प्लान के छ तनि ?’ उसले जिस्काउने पारामा सोधी ।

मैले केही नथापाए जसरी भनेँ ‘के हो र आज ?’

‘ल! था’छैन ? किस् डे ‘

‘हामी सिंगललाई के था यस्ता कुरा ? अनि तिमीहरुको चाहिँ प्लान सेटिङ भैसक्या हो ? ल बधाई छ है । तर हेर यतिबेला ब्वाइफ्रेन्ड भ’को भन्दा नभकै ठिक हो के । तेरो त पहिलेदेखि छ । छोड्दे भन्न मिलेन । डेटिङ जाँदा बिचार गर है केटी। कोरोना भाइरसको बारेमा त सुनेकी होलास् नि । यो रोग लागिहाल्यो भने भ्यक्सिन बनेको छैन उपचार छैन भन्ने कुरा था’छ नि?

त्यसैले हेर रोग लाग्नु अघि नै सावधानी अपनाउनु राम्रो । भ्यालेन्टाइन डे मनाउँदै गर्दा डेटिङ जाँदा बिचार गरेस् । मायाँ बढ्छ भनेर जुठो नखाएस् । कसलाई भित्र के रोग लाग्या छ बाहिरबाट हेरेर के थाहा हुन्छ र ? सरुवा रोग सर्ने नै नाक मुख तथा शारीरिक संपर्कबाट हो । त्यसैले किस गर्दा पनि माक्स लगाएर गरेस् । बैलैमा बिचार नगरे पछि पछुताउनुपर्ला नि फेरि ।’ मैले पनि बोल्ने मौका पाएको बेलामा के छोड्थेँ र ? भनिदिएँ ।

‘हा हा किस डे ! माक्स लाएर किस गर्ने’ भन्दै उ हाँस्दै थिई । दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।

प्रतिक्रिया दिनुहोस