एन प्यावसन दाङ को अध्यक्षमा गौतम

दाङ :-   राष्ट्रिय निजि तथा अावासिय विद्यालय एशाेसियसन नेपाल (नेशनल प्याव्सन ) दाङकाे अध्यक्षमा विमल गाैतम चयन भएका छन । मंगलवार सम्पन्न पाचौं अधिवेशनले गाैतमलाई अध्यक्षमा चयन गरेकाे हाे । अधिवेशनवाट ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमाद्वय भाेजराज न्याैपाने र भूमाण्डप केसी ,सचिबमा ठाकुर डाँगी, काेषाध्यक्षमा हरिप्रसाद भण्डारी चयन भएका छन । त्यस्तै सह सचिवमा बिक्रान्त ज्ञवाली , सह काेषाध्यक्षमा भूवन वली चयन भएका छन । समितिकाे सदश्यहरूमा शरद गाैतम, सुभाष वली, नेवबहादुर खत्री, संगिता राेकाया, लिलाबहादुर खड्का,कुमार नेपाली, दिपककुमार यादब र लाेकराज यादब चयन भएका छन । बन्द सत्र अघि सो अधिवेशनको एन प्यावसन का केन्द्रीय अध्यक्ष ऋतु राज साप्कोटा को प्रमुख अातिथ्यता मा भव्यरुपमा समुदघाटन भएको थियो ।नेशनल प्याब्सन दाङ जिल्लाका अध्यक्ष भिम बहादुर बुढाथोकीको सभापतित्व एवं दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा संयोजक देवराज बिश्वकर्मा कोविशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो!

प्रतिक्रिया दिनुहोस