ट्रेन्डिङमा सुनिलको “रोगै पिरती”

लोकप्रिय गायक सुनिल गिरी को नयाँ गित “रोगै पिरती” सार्वजनिक भएको छ ।
गित अहिले ट्रेन्डिङको स्थान कब्जा जमाउन सफल भएको छ । उनका यस अघि आएका गितहरुले पनि थुप्रै दर्शक तथा स्रोताको मन जित्न सफल भएका छन् ।

सुनिल पछिल्लो समयमा गायीकी सँगै अभिनयमा पनि उत्तिकै सशक्त बनिरहेका छन् । उनको स्वरमा सजिएका गित रुचाई सँगै उनको अभिनयको पनि चौतर्फि प्रशंसा भईरेहेको छ ।

उनका गितहरु जुनसुकै उमेर समुहकाले पनि सुनेर मनोरञ्जन लिईरहेका हुन्छन् । प्राय आफै नै शव्द तथा संगीत गर्ने सुनिलले आफ्नो सुमधुर स्वरको जादुले दर्शक स्रोताको मन जित्न सफल भएका छन् ।

यस गितमा पनि सुनिले शव्द, संगीत तथा स्वर दिएका छन् । गित अहिले विशेषगरि टिकटक, बिभिन्न फेसबुक पेज मार्फत प्रयोग गरिएको छ ।
भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका हुन् । यस गितमा सुनिल सँगै सदिक्षा क्षेत्री र बिनोद अधिकारीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस