एकतर्फी माया गर्नेहरू त पागल भएकै राम्रो

रोशनि पौडेल/ पोखरा :-

गजल

पिरतीको खेलमा थोरै छ्ल भएकै राम्रो

कहिलेकाही ठाक्कठुक्क कल भएकै राम्रो ।।

सम्झौतामै चल्छ जीवन मरिलानु के रैछर
मौनताको बाध फुटेर भल भएकै राम्रो ।।

यै धर्तीको कथा प्यारो स्वर्ग जानी चाह छैन
भावनाको पोखरीमा जल भएकै राम्रो ।।

दुख्नु अनि दुखाउनु त संयोग पनि हुन सक्छ
आशु हैन परेली मा गाजल भएकै राम्रो ।।

दुईआत्माको मिलन बिना मुटु कहाँ साटिन्छर
एकतर्फी माया गर्नेहरू त पागल भएकै राम्रो ।।

प्रतिक्रिया दिनुहोस