डाेल्पाका कर्मचारीकाे गलामा हुदैन परिचय पत्र

लेख बुढा/डाेल्पा :-
डाेल्पा जिल्लामा कार्यरत प्राय निजामती सेवामा कार्यरत कर्मचारीहरुकाे गलामा परिचय पत्र नहुने गरेकाे गुनासाे अाउन थालेकाे छ । कार्यलय प्रमुख देखि कार्यलय सहयाेगी सम्मका कर्मचारीले परिचय पत्र घाटीमा नझुन्ड्याउदा कुन कार्यलयकाे,कुन पद काे कर्मचारी हाे भनेर सर्वसाधारणलाई स्तर छुट्याउन गाह्राे भएकाे बताईएकाे छ । यहाँका केही कर्मचारी अाउट ड्रेसमा नै कार्यलयमा जाने र प्रय त परिचय पत्र विनानै कार्यलयमा गएकाे देखिन्छ ।
डाेल्पाकाे सदरमुकाम दुनैमा संघ र प्रदेश मतहातका एक दर्जन भन्दा धेरै कार्यलय छन भने अाठ वटा स्थानिय तहमा विभिन्न शाखा कार्यलयहरु रहेका छन । राज्यले कार्यलय समयमा कार्यलयकाे पाेसाक र परिचय पत्र अनिवार्य गरेकाे छ तर यहाका अधिकासं कर्मचारी पाेसाक र परिचय पत्र विना नै कार्यलयमा उपस्थीत हुने गर्दछन । राज्यले पाेसाक भत्ता दिदादिदै पनि पाेसाक र परिचय पत्र विना कार्यलयमा जादा कर्मचारी चिन्न गाह्राे हुने एक सर्वसाधारणले बताए । डाेल्पामा जेगरेनी हुन्छ भन्ने छ तर याे प्रबृति साेच सबैले अन्त्य गर्नु पर्ने नागरीक समाज डाेल्पाका अध्यक्ष सेर बहादुर बुढाले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस