रास्ट्रपति रनिङ शिल्ड सम्पन्न गोरखाले चुम्यो उपाधी

लक्ष्मण बस्नेत/दाङ :-
तुलसिपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधी गोरखा मा.बि तुलसिपुर ले हात पारेको छ !
तुलसिपुर उपमहानगरपालिका को आयोजना तथा सहिद स्मृति आबासिय बिधालय तुलसिपुर १७ बनकट्टी को संयोजनमा संचालित प्रतियोगिता को सोमबार सम्पन्न प्रतियोगितामा कुल १३ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै लगातार ४ बर्ष जित कब्जा गर्दै गोरखा मा.बि.तुलसिपुर ले उपाधी चुम्न सफल भएको हो !
त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुल तुलसिपुर ६ स्वर्ण,१० रजत र ६ कास्य पदक का साथ दोस्रो स्थान हात पार्दा महेन्द्र माबी तुलसिपुर ३ स्वर्ण,१ रजत र २ कास्य पदकका साथ तृतिय भयो ! त्यस्तै गुरुजजुर मा.बि. रक्षाचौर २ स्वर्ण,३ रजत र ४ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भएको प्रतियोगिता का सचिवालय सदस्य बालकृष्ण शाह ले जानकारी दिनु भएको छ !
यसैबिच प्रतियोगिता को समापन समारोह तुलसीपुर उपमहानगरपालिका का उपमेयर माया आचार्य को अध्यक्षता तथा शिक्षा मन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जीवन गौतमको प्रमुख आतिथ्य मा भएको थियो ! कार्यक्रम को संचालन प्रतियोगिता को संयोजनको जिम्मा पाएको बिधालयका प्रधानाध्यापक नारायण पौडेल ले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस