वडा अध्यक्ष राेकाया द्वारा कैदिलाई खेलकुद सामाग्री हस्तान्तरण

लेख बुढा/डाेल्पा :- डाेल्पा जिल्ला काईके गाउपालीका वडा नं.७ का वडा अध्यक्ष रामचन्द राेकाया ले जिल्ला कारागार डाेल्पामा रहेका कैदीबन्दीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएकाे छ । जेजस्ता गल्ती अपराध भएतापनी सजाय पछि एक असल नागरीक बन्ने भन्दै जिल्ला कारागार डाेल्पामा जेलजिवन विताईरहेका कैदीहरुलाई समय विताउन सजिलाे हाेस् र सजाय पछि एक राम्राे राष्टकाे लागि खेलाडी बन्न सक्ने भन्दै अध्यक्ष राेकायाले खेलकुद सामाग्री हस्तान्तरण गरेकाे बताउनु भायाे। भलिबल २ थान, भलिबल जाली २थान।चेस ४थान,व्याटमेन्टेन २थान,फुटबल १ थान लगायतका अन्य सामग्री हरु हस्तान्तरण गरीएकाे छ। हाल कारागार डाेल्पामा ३१ जना कैदीहरुले जेलजिवन विताई रहेका छन ।अाफु स्थानियतहकाे निर्वाचनमा नेकपा एमाले बाट निर्वाचन भएता पनि कसैलाई पनि भेदभाव नगरी समान तरिकाले जनसेवा गरिरहेकाे राेकायाले बताउनु भयाे ।याे जनप्रतिनिधिहरुकाे काम मध्य एक उदाहरणिय काम भएकाे नेकपा डाेल्पा सचिवालय सदस्य लंक राेकायाले बताउनु भयाे ।सबै जनप्रतिनिधिहरुले पाठ सिक्न अाग्रह गर्नु भयाे ।

प्रतिक्रिया दिनुहोस