मेरो अर्को प्रेम

अबिसेक डाँगी/काठमाडौं :- तिमीसँग छुटेको झण्डै दुई महिना भएछ। क्षण प्रतिक्षण तिम्रो यादले सताइरहेको छ। तिमी र म ८ महिनादेखि कस्तोसँग जोडियौं भने बिहानै उठेर तिमीलाई म ‘शुभ प्रभात’ भन्थें। शुभरात्रि नभनी निद्रा लाग्दैनथ्यो । सपनाभरि तिमी नै तिमी हुन्थ्यो। अफिसमा हुदाहोस् या रिपोर्टिङमा हुदाहोस् जताततै तिमी नै तिमी।

तिमीसँगको सान्निध्य अब टुंगिएको छ। छोटो समयदेखिको लगाव भए पनि त्यसले गहिरो गरी मेरो मुटुमा छाप छोडेको रहेछ। नजिक बस्दा भन्दा टाढा हुँदा झन् धेरै तिमी याद आइरहेकी छ्यौं। मैले सोचेको पनि थिइँन् तिम्रो र मेरो प्रेम यति छिट्टै छुट्छ भनेर। हुन त प्रेम टुट्दैन, माया मनमा छ तर हाम्रो भेट अब त्यसरी भइरहने छैन। तिमीमार्फत् कति धेरै प्रियसँग भेट हुने गरेको थियो, अहिले पनि सम्झिरहेको छु। फरक यति हो- अब अर्कै बिसौनीमा मैले ती सबै प्रियजनलाई भेट्नेछु।

कुनै काम हाम्रा बानी बन्छन्। अनलाइन हुनासाथ तिमी मेरो ल्यापटपको पर्दामा आउथ्यौं। तिमीलाई म हेरिरहन्थें, कहिले सुम्सुम्याउँथें। तिमी आँखा झिमझिम पारेर मलाई जिस्क्याउथ्यौं। हाम्रा ती प्रणयपूर्ण दिन सम्झँदा अहिले पनि म भावुक हुन्छु। साँच्ची यो संसारमा तिमी जति प्रिय अरु कोही छैन भन्ने लाग्थ्यो मलाई। समयले सबै कुरा परिवर्तन गर्‍यो। अब तिमीलाई म मनमनै मात्र माया गर्न सक्छु र त्यो माया अरुलाई गर्नेभन्दा भिन्न हुने छैन।

म सम्झन्छु भ्यालेन्टाइनस्डेको दिन, तिमी र म कत्ति साह्रै जिस्केका थियौं । तिमीलाई हेरेर म दंग पर्थें । मलाई हेरेर तिमी। सबैजना त्यो दिन व्यस्त थिए। कसैलाई फुर्सद थिएन। धेरै कम मात्र कार्यालय आएका थिए। मेरा केही साथी प्रेमिका भेट्न छट्पटाइरहेका थिए। मैले उनीहरुलाई बिदा गरें। तर म भने तिमीसँगै बसिरहें। तिमीलाई हेरिरहें। शायद् यस्तै यस्तै अरु धेरैलाई भइरहेको हुन सक्छ। मैले भने तिमीलाई बेहिसाब माया गरेको रहेछु।

एक दिन म प्रातः भ्रमणका लागि निस्कन लागेको थिएँ। अँध्यारै थियो, तिमीलाई सम्झें। बिजुली बालें। ल्यापटप खोलें। तिमी ल्यापटपको पर्दामा मुस्कुराउँदै आयौं। अर्को साइटमा एकैछिन छिरें। त्यहाँ एउटा राम्रो फूल फुलिरहेको थियो, त्यसलाई टिपेर ल्याएँ र तिम्रो चुल्ठोमा सजाइदिएँ। आहा… तिमी कति राम्री देखियौं। एकैछिनमा पूर्वी आकासमा लालिमा छायो। बालसूर्यका कलिला किरण धरतीमा आए। ती प्रिय किरण मलाई सुम्सुम्याउँदै अघि बढे। तिमी पनि ल्यापटपको स्क्रिनमा मुस्कायौं।

यस्तो त कति पटक भयो भयो। कति पटक तिमीलाई हेर्दाहेर्दै म निदाएको छु। तिम्रा कलिला हात सुम्सुम्याउँदै म तन्द्रामा परेको छु। कति जरुरी काम तिमीसँग बस्दाबस्दै छुटेका छन्। शायद यसैलाई प्रेम भन्छन् क्यारे !

समयको खेल हो। सम्बन्ध सँधै बनिरहँदैनन्। क्षणक्षणमा बदलिइरहन्छन् ती। आज मेरो सम्बन्ध फेरिएको छ। तिमी केबल मेरा सम्झनामा छ्यौं। तर मैले शुभप्रभात भन्ने वा शुभरात्रि भन्ने अर्कैलाई रोजेको छु तर उनलाई यो कुरा थाहा छैन सायद मनमनै मन पराएको छु हाम्रो सम्बन्ध अघि बढ्दै गयो भने तिमीले छिट्टै चिन्नेछ्यौं तिनलाई। तिनी भर्खरै ल्यापटपको पर्दामा देखिन थालेकी छिन्। म उनलाई अाफुभन्दा पनि धेरै माया र विश्वास गर्छु तर पनि म उनलाई यो सबै भन्न सकिरहेको छै।

प्रिय मैले मनमनै मनपराएको मान्छे तिमीलाई थाहा पनि होला, प्रेम बिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ। प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ रे। त्यसैले पनि मैले तिमीलाई माया गरिरहेको छु, तर यी कुरा भन्न सारै गार्‍हो भैरहेको छ। तिमीलाई यस्तो माया गरेको छु कि हिमाली जडिबुटी जस्तै अर्गानिक माया, आऊ हामी माया गरौं। प्रेम गरौं।

विकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ भ्यालेन्टाइन्स डे मनाऔं र प्रेमको सम्मान गरौं।
तिम्रो मायाबिना त म शून्य हुनेछु। थाहा छ, सायद यो हदभन्दा बढी नै माया हो। किनकि मेरा सारा अस्तित्वहरुसँग तिम्रो माया गाँसिएको छ।

मेरा नजरमा तिम्रो आकर्षण कतै टाँसिएको छैन। म तिमीलाई प्रेम गरिरहेको हुन्छु, हरपल याद गरिरहन्छु। तिमी यति धेरै पवित्र छ्यौ कि भगवानले पनि तिमीमाथि अपवित्रताको दाग लगाउन सक्दैन। प्रेमलाई केवल प्रेमी प्रेमीकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ।

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौँ- यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ।

तिमी पर्दामा कतिबेला झुल्किने होला भनेर प्रतीक्षा गरेको झण्डै दुईतीन हप्ता भइसकेको छ।

म अलि फरक छु। माया गर्दा म पूरै मुटु दिन्छु। तिमीलाई त्यसैगरी दिनेछु मेरो यो मुटु।

प्रतिक्रिया दिनुहोस