रायमाझी इन्टर प्राइजेजले मनायो २५ अौँ बर्षगाठ

काठमाडौं :- गुणस्तरीय सर्जिकल समानहरु अायातमा अब्बल टेकुस्थित रायमाझी इन्टर प्राइजेजले अाफ्नाे २५ अौ बर्षगाठ मनाएको छ। काभ्रे र भक्तपुरको सिमानामा रहेकाे नगरकोट हिलसाइड रिसाेर्टमा यहि माघ महिनाको २४/२५ र २६ गते तीन दिन अाफ्नाे २५ सौ बर्षगाठ मनाएकाे हाे।बर्षगाठकाे अवसरमा रायमाझी इन्टर प्राइजेजका प्रमुख निर्देशक अर्जुन रायमाझी र प्रबन्ध निर्देशक भावना रायमाझीले उक्त इन्टर प्राइजेजमा दश बर्ष देखि २५ बर्ष सम्म निरन्तर कार्य गरिरहेका जयराम फुयाल ,किरण अर्याल भुवन पुरि,शिव गिरि र मधु अधिकारी लगायतलाई सम्मान गरेको थियाे।

कार्यक्रममा रायमाझी इन्टर प्राइजेजका प्रमुख अर्जुन रायमाझीले अाफु बिजनेस गर्ने क्रममा धेरै उतार चडाप भाेग्नु परेपनि सम्पुर्ण कर्मचारीकाे मिहिनेत र इमानदारीले गर्दा अाफ्नाे फर्म अाज याे अबस्थामा पुगेकाे बताए । उनले सम्पुर्ण कर्मचारीलाई विशेष धन्यवाद दिदै अागामी दिनमा पनि यस्तै सहयोगकाे अपेक्षा गरेको र अाफु पनि कर्मचारीलाई समय सापेक्ष गर्नु पर्ने ब्यवहार गर्न तयार रहेको बताए । अर्जुन रायमाझीकाे सभापतित्व र शिव गिरिकाे सन्चालानबाट सुरु भएको कार्यक्रम केहि महिना अगाडि मृत्यु भएका बि.एस.एन कम्पनीका पुर्व म्यानेजर कौशिक घाेषप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।कार्यक्रममा रायमाझी इन्टर प्राइजेजमा कार्यरत सम्पूर्ण परिवारका करिव ६० जनाकाे उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस