गगन थापाको व्यङग्य : चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस् चोरीको सामान फर्काइदिनुस्

काठमाडौं :- नेपाली काँग्रेसका युवा नेता गगन थापाले ललितानिवास जग्गा प्रकरणमा उनले जग्गा फिर्ता गर्ने शर्तमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाड्न नमिल्ने बताएका छन् । नेपाली काँग्रेस कालिका नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै जग्गा फिर्ता गरेर छोड्नु चोरले सामान फिर्ता गरेर ईमान्दार छु भने जस्तो भएको बताए ।

कसैलाई चोर्न मन लागेको छ भने चोरे हुन्छ, पहिला चोर्ने, थाहा पाए फिर्ता गर्ने, नपाए आफ्नै भयो नेता थापाले भने , ‘चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस् चोरीको सामान फर्काइदिनु, सक्कियो । कसैलाई के लुट्न मन लागेको छ, लुट्नु भए हुन्छ पुन थपे ।

नेता थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आलोचना गर्दै पूर्वप्रधानमन्त्रीलाई मुद्दा दायर नगरेकामा आपत्ति समेत जनाए । नेता थापाले पूर्व प्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई र तत्कालिन मुख्यसचिव लीलामणि पौडेललाई मुद्दा नचलाएकामा आपत्ति जनाएका हुन ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा १७५ जनाविरुद्ध मुद्दा चलाउँदा अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराउने तत्कालिन प्रधानमन्त्रीउपर मुद्दा चलाएको छैन । त्‍यस्तै नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गर्न मन्जुर गरेको भन्दै मुद्दा चलाएको छैन ।

भ्रष्ट्राचारजन्य कसुरमा जो कोही संलग्न भए पनि छाड्न नमिल्ने नेता थापाले बताए । ‘कांग्रेस सभापति, उपसभापतिको नाममा भ्रष्ट्राचार गर्दा उन्मुक्ति पाइँदैन’, नेता थापाले भने ‘सभापतिले गर्नुभएको छ भने पनि उहाँ थुनामा पर्नुपर्छ । मैले गरेको छु भने म पनि पर्नुपर्छ । भ्रष्टाचारको सन्दर्भमा यो, त्यो भन्ने हुदैन ।’

प्रतिक्रिया दिनुहोस