सहिद दिवसको अबसरमा मदन भण्डारी वडा कप खुल्ला फुटबल प्रतियोगीता उद्घाटन

दाङ :- मदन भण्डारी स्पोर्ट्स एकेडेमी तुलसीपुर उपमहानगर पालिका वडा नं. १७,१८ र १९को संयुक्त आयोजना र नयाँ पाईला पुनःस्थापन केन्द्र बिजौरीको समन्वयमा सहिद दिवसको अवसर पारि बेलझुण्डी रंगशालामा प्रथम मदन भण्डारी कप खुल्ला फुटवल प्रतियोगिताको उदघाटन गरिएको छ ।

सो कार्यक्रममा दिपेन्द्र सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रमा जिल्ला खेलकुद बिकास समितीका निवर्तमान अध्यक्ष डिल्ली डागीको प्रमुख आतिथि र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङ जिल्लाका सह संयोजक सर्जन परियारको विशिष्ट अतिथिमा बोल्ने वक्ताहरुले खेल क्षेत्रलेनै देशको पहिचान गराउनुका साथै खेलाडिलाइ आत्म निर्भर बनाउनमा मद्दत पुर्‍याउने बताएका थिए र युवाहरुले आफ्नो अध्ययन सङ्गै खेललाइ पनि विशेष ग्राह्यता दिनु पर्ने पनि वताएका थिए ।


उक्त कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ का बिशिस्ट उपाध्यक्ष सुमन पोख्रेल तथा प्रदेश ५ कै सदस्य गणेश खड्का, नया पाइला पुनःस्थापना केन्द्रका हरिस वस्नेत, दाङ जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख शान्तीसोमै थापा, लगायतले मन्तब्य राखेका थिए । भने कार्यक्रमको संचालन मदन भण्डारी स्पोर्ट्स एकेडमीका सचिव रोहित सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस