पार्टनरको यौन चाहना कसरी थाहा पाउने ?

काठमाडौं :-  यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि पाकक्रिडा भनिन्छ ।  सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलाप पाकक्रिडा (फोर प्ले) गर्ने गर्नुपर्छ । तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन । यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यसर्थ आफ्नो पार्टनरको यौन चाहनालाई बुझेर गरिने यौनले दुबैलाई आनन्दित मात्र होइन सम्बन्धलाई प्रगाढ समेत बनाउँछ ।

यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन आनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

आफ्नो पार्टनरको शारीरिक तथा भावनात्मक हाउभाउले उनको यौन चाहन  बुझेर गरिने यौन सम्बन्ध यादगार हुने निश्चित छ । उनको चाहनालाई बुझेर आफुले पनि सोही अनुसार हाउभाउ देखाएर यौन सम्बन्धमा अघि बढ्दा भिन्न प्रकारको आनन्द हुने बताइन्छ ।

यौनको मामलामा पुरुष भन्दा महिलाहरु अलि बढी गुमनाम हुन् चाहन्छन् । महिलाहरु आफू भित्रको यौन चाहनालाई अभिब्यक्त गर्न हिचकिचाउँछन् । त्यसैले पनि महिलाको यौन चाहना हाउभाउबाटै बुझ्न जरुरी छ ।

यौन चाहना भएर भित्रै देखि उकुसमुकुस भएपछि महिलाहरुको शारीरिक ब्यबहार तथा हाउभाउमा केही लक्षण देखा पर्छन त्यसलाई बुझ्न सक्नु नै सक्षम पुरुषको योग्यता हो ।

अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राख्ने गरेमा उनीहरु यौनका लागि आतुर छन् भन्ने बुझिन्छ ।  त्यसैगरी लामो लामो स्वास प्रश्वास लिएमा पनि उनीहरु भित्र यौन चाहना हुन सक्छ । यदि स्त्रीले नजिक भएर लामो–लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भयो भने तिनीलाई संभोगको इच्छा वा उत्तेजना भएको हुन सक्छ । प्रायस्त्रीहरु उत्तेजित भएको अवस्थामा गहिरो र लामो श्वास फेर्न थाल्छन् ।

अझ स्त्रीले ओच्छ्यानमा बसेर त्यसमा पल्टिने, थकान भएको जस्तो गरि आलस्यता प्रकट गर्ने जस्ता ब्यवहार गर्ने आदी उनीहरुले देखाउने संकेत हुन् ।

अनुहार रातो हुँदै जानु वा शरीरको तापक्रम बढ्नु पनि महिलाहरुमा यौन चाहना बढ्दै गएको मानिन्छ । त्यसैगरी महिलाहरुले छुने बहानामा नजिक हुँदै जाने अर्को लक्षण देखाउन पनि सक्छन् ।

तर, महिलाहरुमा भने पुरुषको यौन क्षमताका बारेमा कुनैपनि पुरुषमा यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले से’क्स हर्मोनका कारण पुरुषबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् । टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति उनीहरु बढि आकर्षित समेत हुने अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस