टिपर अातंक पछि देखियो स्कुल बसको अातंक

काठमाडौं :-  काठमाडौंको बालाजु खरिबोटस्थित पानी ट्यान्की स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

फ्लोरोसेण्ट स्कुलको विद्यार्थी बोकेको कान्तिपुर यातायताको बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बारको स्कुटीलाई ठक्कर दिँदा धादिङ दार्खाकी ४० वर्षीय लिलाकुमारी घलेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा उनकी २५ वषीया छोरी शर्मिला घले घाइते भएकी छिन् । उनको बालाजुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कान्तिपुर यातायातका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बस चक्रपथ रुटमा चल्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस