अनन्त मुहार फेरिदै गोर्खा हस्पिटल रोकिएको सल्यक्रिया सेवा पुनः सञ्चालनमा

काठमाडौँ ।  भूकम्पले क्षति पुर्याएको भवन भत्काएपछि जिल्ला अस्पताल गोरखाले रोकेको शल्यक्रिया सेवा फेरि सञ्चालन गरेको छ । हाल अस्पतालले चिकित्सकहरुका लागि बनाइएको आवासगृहबाट सेवा सञ्चालन गरिरहेको छ ।

अस्पतालका डाक्टर, नर्स लगायत कर्मचारीका लागि बनाइएको दुईवटा आवासगृहबाट आकस्मिक, ओपिडी लगायतका सेवा सञ्चालन भैरहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
सोही भवनको ४ वटा कोठामा शल्यक्रिया कक्ष निर्माण गरि सामान्य अपरेशन शुरु गरिएको उनको भनाइ छ ।

केहीदिन अघि शरीरका गाँठागुठी, पोलेको घाऊ लगायत सामान्य अपरेशन शुरु भैसकेको सूचना अधिकारी ढकालले जानकारी  दिए । आगामी सााताबाट ठूला खालका अपरेशन गर्ने गरि उपकरण जडानको काम भैरहेको उनको भनाई छ ।

शल्यक्रिया कक्ष नहुँदा गोरखा अस्पतालले आपतकालीन अवस्थाका सुत्केरीलाई बाहिर रिफर गर्दै आएको छ । अब भने शल्यक्रियाबाट बच्चा निकाल्ने सहित एपेण्डिसाइटिस, हर्निया लगायतको सेवा पुन सञ्चालन गरिने गोरखा अस्पतालले जनाएको छ ।

२०७२ सालको भूकम्पले पुराना भवनमा क्षति पुगेपछि गोरखा अस्पतालको नयाँ भवन निर्माण भैरहेको छ । अस्पतालको भवन निर्माणको जिम्मा लुम्बीनी विल्डर्सले पाएको छ । १४ महिनामा चारतले सुविधासम्पन्न भवन निर्माण सक्ने गरि गत असोज अन्तिम सातातिरबाट काम शुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा जर्मनी संस्था केएफडब्लुको ४० करोड रुपैयाँको सहयोगमा भवन निर्माण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस