मेरो मुड्केचुलाको सानो परिचय

लेख बुढा/डोल्पा :-
डोल्पा जिल्लामा रहेको मुड्केचुला गाउपालीको स्थापना वि.सं.२०७३ सालमा भएको हो । यस गाउपालीकाको केन्द्र हाल साविको नुर्कु गाविस को भवन बाट सन्चालन भईरहेको छ भने गाउँपालीकाको केन्द्र कुन ठाउँमा राख्ने भन्ने टुङ्गो लागेको छैन। यस गाउपालीकाको क्षेत्रफल २५०.०८ वर्ग किलोमिटर (९६.५६ वर्गमाईलमा) फैलिएको छ । यहाँ सवै गरेर ९ वटा वडा रहेका छन । जसमध्य वडा नं. १,२ र ३ साविको कालिका गाविस,वडा नं. ४,५ र ६ साविको नर्कु गाविस,वडा नं. ,७,८र ९ साविको सर्मि गाविस पर्दछन ।
वि.सं. २०७३ सालमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय द्धारा ७५३ स्थानिय तह लागु गरेर सगैँ साविको कालिका,नर्कु र सर्मिका गाविसका २७ वडा लाई गावेर ९ वडाको मुड्केचुला गाउपालीका वनाईएको हो । यस गाउँपालीकाको सिमाना पुर्वमा डोल्पा कै त्रिपुरासुन्दी नगरपालीका,पश्चिममा जाजरकोट जिल्ला,उत्तरमा डोल्पा कै जगदुल्ला गाउपालीका र जुम्ला जिल्ला दक्षिणमा जाजरकोट जिल्ला र रुकुम जिल्ला रहेको छन ।
राष्ट्यि जनगणना २०६८ अनुसार यहाँको जनसंख्या जम्मा ५,१२९ रहेको छ । यहाँका एतिहासीक तथा धार्मिक स्थलहरु मड्केचुला मन्दीर,मुड्केचुला तिर्थस्थल,मष्टा,महादेव लगायतका देविदेवताका मन्दीरहरु रहेका छन भने रिडिङ्ग,नुर्क,ओक्टमा प्रत्यक दशैको समयमा पाचँ दिन सम्म पाच पुर्णिको ठुलो मेला सन्चान हुने गर्दछ । यहाँका पर्यटकीय स्थलहरु सुप्पाकुना गुफा,वेहुला वेहुली हिमाल,नन्दाचुली हिमाल,रायगार्ड झर्ना,छहरेखोली झर्ना,सागवाहारी वुकी पाटन,रहेका छन । यहाँ डाफेँ, कालिज,कस्तुरी,झरल मृग लगायतका पशुपंक्षी पाईन्छन भने विश्वको कम ठाउँमा पाईने लोपउन्मुख हावे्र रेडपाण्डा पनी पाईन्छ । यस क्षेत्रका प्रमुख जातीहरु बुढा, रोकाया, बोहोरा, शाही, हमाल,थापा,ठकुल्ला, सिँह, सार्की, दमाई, कामी, विक, परियार लगायतका छन । यस गाउपालीकामा निजि तथा सामुदायीक गरी जम्मा १५ वटा विधालयहरु रहेको छन । जस मध्य १३ वटा सामुदायीक विधालयहरु छन भने २ वटा निजि वोडिङ्ग स्कुल रहेका छन । सामुदायीक विधालय भित्र पर्नेे कक्षा १—१२ सम्मा दुई वटा, कक्षा १—१० सम्मा एउटा,कक्षा १—८ सम्मा । तिन वटा, कक्षा १—५ सम्मा तिन वटा,कक्षा १—३ सम्म ४ वटा सामुदायीक विधालय छन ।
यहाँको प्रमुख पेशा भनेको कृर्षि हो । मकै,गहुँ,चिनो,कोदो,फापर,आलु,सिमी लगायत अन्य अन्तवालीको खेती गरीन्छ,तर यहाँ भिरालो जमिन धेरै भएको कारण कम मात्रामा उत्पादन हुने गर्दछ । पछिल्लो समयमा यहाँका कृर्षकहरु स्याउ खेतीमा आकर्शीत भएका छन । यहाँका प्रत्यक समुदायका मान्छेहरुले स्याउँ,ओख का वगैचा वनाएका छन । यहाँका बासिन्दा भेडा,बाख्रा,गाई,भैसी,घोडा को पालन गर्ने गर्दछन । यहाँका बासिन्दाहरु कालिका मा रहेको विदेशी सस्था द्धारा सन्चाली कालिका फ्याम्ली हस्पीटल,र साविका स्वास्थ चौकीहरुबाट स्वास्थ सेवा लिईरहेका छन । एउटा एनटीसीको टावर छ तर समय समयमा समस्या आउछ । सुरक्षाका हिसावले मुड्केचुलामा चार वटा स्थायी प्रहरी चौकी रहेका छन । मुड्केचुला को साविको नर्कु गाविस मा पर्ने नर्कु र ईलमा दुईवटा साना लघुजल विधुत रहेका छन । यहाँ सन्चार क्षेत्रमा धेरै समस्या छ । यहाँ मुड्केचुला गाउपालीका द्धारा सन्चालीक रेडियो मुड्केचुला एफ एम छ तर ठुलो डाडा पहाड भएका कारण धेरै ठाउँहरुमा सुचना दिने क्षमता छैन । यातायातको छ कुरा छाडौँ याहाँका बासिन्दा छिमेकी रुकुम जाजरकोट र जुम्लाका विभिन्न वजारहरु देखि घोडा खच्चरमा सामान ढुवानी गर्ने गर्दछन यस गाउँपालीकालाई धेरै जसो चार तिर बाट जंगलले ढाकेको छ । मुड्केचुला विकट् छ तर सुन्दर र शान्त छ ।
लेख बहादुर बुढा
मुड्केचुला गाउपालीका ६,डोल्पा

प्रतिक्रिया दिनुहोस