ट्राफिक जरिवाना १० देखि १५ हजारसम्म, हेर्नुस् के गल्ती गरे कति ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनालाई न्यूनिकरण गर्नको लागि ट्राफिक प्रहरीले नयाँ नियम सार्वजनिक गरेको छ ।  ट्राफिक प्रहरीले काठमाडौा उपत्यका लगायतका सडकमा ट्राफिक नियम उल्लंघन गर्नेलाई १० हजारसम्म जरिवाना गराउने भएको छ ।

ट्राफिक प्रहरीले सडकको बीच बीचमा यस्ता सूचनाहरु टासेको छ । ट्राफिक प्रहरीले नियम उल्लंघनका घटना दैनिक बढेको भन्दै कारवाहीलाई तीव्रता दिइएको जनाएको छ । कारवाहीसँगै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना पनि बढाउँदै लगिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए ।

ट्राफिक प्रहरीको आँखा छलेर लेन अनुशासनलगायत अन्य नियम मिच्नेलाई सीसीटीभीलगायतको सहयोगबाटसमेत कारवाही गरिएको एसएसपी ढकाल बताए ।

यस्ता गल्ती गरेमा तिर्नुपर्छ १० हजारदेखि १५ हजारसम्म

१.सवारीको स्वरुप परिवर्तन अथवा मोडिफाइ गरेमा

२.वास्तविक नम्बर प्लेट नराखी आफूखुशी नम्बर राखी चलाएमा वा चलाउन लगाएमा

३.प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन गर्न अनुमति नलिइ सञ्चालन गरेमा,

यी कामहरु गरिएको  पाइएमा १० हजारदेखि १५ हजारसम्म जरिवाना तिर्नुपर्ने एसएसपी ढकालले बताए ।

कस्तो कसुरमा एकहजार जरिवाना हुन्छ त ? 

–ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको । 

–सवारी अड्याउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा । 

–सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी संकेत दिएको । 

–सडकमा गलत साइडतर्फबाट सवारी चलाएको । 

–एकतर्फी सडकमा सो विपरीत सवारी चलाएको । 

–अवस्था ठिक नभएको सवारी चलाएको । 

–राति बत्ति नबालि सवारी चलाएको । 

–सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको । 

–नम्बर प्लेट नराखी सवारी चलाएको । 

–पेटी नबाँधि वा हेल्मेट नलाई सवारी चलाएको । 

–सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको । 

–लापरबाही साथ सवारी चलाएको । 

–सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको । 

–सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको । 

यस्तो गल्ती गरेमा दुईसयदेखि एकहजारसम्म जरिवाना हुन सक्छ 

–यात्रुवाहक सार्वजनिक सवारीमा तोकिए बमोजिम सिट सुरक्षित नराखेमा । 

–सार्वजनिक सवारीमा धुम्रपान गरेमा । 

–खतरापूर्ण मालसामनहरु ढुवानी गर्ने मालबाहक सार्वजनिक सावरीले सांकेतिक चिन्ह देखिने गरी नराखी सवारी चलाएमा । 

–मानिसहरु पेटि भएको सडकमा पेटिबाट नहिँडी सडकबाट हिँडेमा । 

–यात्रुवाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी सवारी चलाएमा । 

–यात्रुवाहक सार्वजनिक सवारीमा सो सवारीको दर्ता प्रमाणपत्रमा लेखिएको सिट संख्याभन्दा बढी यात्रु राखी सवारी चलाएमा । 

–लामो बाटोमा यातायात सेवा सञ्चालन सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तिमा दुईजना चालक राखी पालैपालोसँग सवारी नचलाएमा । 

–गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी वेगले सवारी चलाएमा । 

–तोकिएको ढाँचा अनुसारको टिकट जारी नगरेमा । 

–सवारीको अन्य भागमा मानिस राखेको । 

–अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको । 

–प्रायोजन विपरीत सवारी चलाएको । 

–पटके बाटो इजाजतपत्र नलिई सवारी चलाएमा ।

प्रतिक्रिया दिनुहोस