विद्यार्थीको चौतर्फी बिकासको लागि शिक्षक,अभिभावक र विद्यार्थी मिल्नु पर्छु – सांसद डाँगी

दाङ :- प्रदेश नं ५ प्रदेशसभाका सदस्य अमरबहादुर डाँगीले विद्यार्थी , शिक्षक र अभिभावक सबैको समान प्रयासले विद्यार्थीको चौतर्फी विकास हुने बताउनुभएको छ । उहाँले हाम्रो संस्कृती नै हाम्रो पहिचान रहेको पनि बताउनुभएको छ । हिन्दु विद्यापिठ-नेपाल घोराही दाङको २८ औं वार्षिकोत्सब कार्यक्रममा उहाँले यस्तो भन्नुभएको हो । उहाँले विद्यालयले आफ्नो संस्कृती जोगाउन गरेको प्रयासको प्रशंसा पनि गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रामदयाल गुप्ताको अध्यक्षता तथा सांसद डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पद्मप्रसाद खनाल , लिलाधर पन्थी , विदेशी भोलेन्टियरहरु एलिस र टिम एभा, दाङ चेम्बर अफ कमर्शका उपाध्यक्ष बलदेव योगि , विद्यालयका प्राचार्य डा.भोलानाथ योगि लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमा श्री शुकदेव-रेवता योगि गुठीबाट ५००५/- अक्षरेपी पाचँ हजार पाचँ रुपैयाँको पुरस्कारवाट कक्षा-१० कि छात्रा जानकी चन्द सम्मानित भएकी थिइन्। कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका सह-प्राचार्य मधुसुदन पन्तले प्रस्तुत गर्नुभएको थियो । शिक्षिका शोभा पोखरेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण श्रवण कुमार नेपाली र दिपिका गिरिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस