आपरेटर्स भिजन कर्पोरेसन परियोजनामा कुमार वन सहित २६ जनाको सामुहिक सहभागिता

 

हिमाल विश्वकर्मा/काठमाडौ – लिखु तामाकोसी गाउँपालिका रामेछाप घरभै हाल पोखरामा एस्कावेटर चलाइरहनु भएको युवा समाज सेवी तथा प्रख्यात दक्ष अपरेटर- कुमार वन, भुवन ब्रो, सुरज बरुवाल (रामेछाप) अर्जुन कुमाल,सुरेन्द्र गुरुङ, प्रदिप रिजाल, सुरेन्द्र थापा क्षेत्री, लक्ष्मण बिक, प्रदिप तमाङ,सुजन उप्रेती,रोशन राज सुवेदी, प्रदिप बिक, दर्शन काप्री, डिल ब. गुरुङ (चितवन) दिपक सुनर, दान ब.क्षेत्री (नवलपरासी) दामोदर बस्नेत, डम्बर थापा, लोकेन्द्र नेपाली, (सल्यान) दयाराम ढकाल (पाल्पा) शोभाकान्त भण्डारी (स्यान्जा) किरण बयक ( बर्दिया) प्रकाश श्रेष्ठ (धादिङ) अमृत बाबू न्यौपाने (तनहुँ) जनक थापा क्षेत्री (सर्लाही) भरत खड्का (सिन्धुपाल्चोक) शुक्र ब. तामाङ (सिन्धुली) सहित २६ जना डोजर चालकहरुले डोजर अपरेटर तथा सवारी चालक संघ नामक संस्था द्वारा संचालित अपरेटर्स भिजन कर्पोरेसनलाई साथ,सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएका छ्न।
देश र बिदेशको धेरैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठुला परियोजनाहरुमा राम्रो डोजर चलाएर धेरैको मनमा बस्न सफल प्रख्यात यी डोजर चालकहरुको अनुसार अपरेटर भिजन कर्पोरेसनले समग्र अपरेटर र सवरी चालकहरुकै जीवनस्तर उकास्ने परियोजना अगाडि बढाएकोमा यस सस्थालाइ धन्यवाद सहित शुभ कामना दिदै उहाहरु सबैले हत्केलामा मृत्यु बोक्दै भिरमा झुन्डिएर देशको बिकास निर्माणमा अग्रपंतिको भुमिका खेल्नु पर्ने हामी सबै अपरेटरहरुले सर्बप्रथम आफ्नो ज्यानको सुरक्षामा सतर्कता अपनाउनु पर्ने बताउदै अब हामी सबै अपरेटर मिलि एक अर्कामा पर्न सक्ने भवितव्यं दुर्घटनाको बलियो साहरा यस डोजर अपरेटर तथा सवारी चालक संघ लाई बनाउन पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस