तक्मेबुढालाई जन्मदिनमा छोरी उपहार

काठमाडौं :- हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । विल्सन विक्रम राई (तक्मेबुढा)को आजै जन्मदिन पनि परेको छ । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् । यसै दिन छोरीको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरी जन्मेको र बाबु बन्न पाएकोमा निकै खुसी भएको बताएका छन् । एक वर्षअघि उनले इलामकी सरिना लामासँग बिहे गरेका थिए । बिहे गरेको सात महिना पछि मात्र उनीहरूको बिहेको खबर र तस्बिर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस