कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा दिनेश डिसी नियुक्त

काठमाडौं :-  रेडियो कान्तिपुरको स्टेशन म्यानेजर बरिष्ट संचारकर्मी दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरी नयाँ स्टेशन म्यानेजरमा डिसीलाई नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप डाऊन गरेपछि डिसीको लागी स्थान खाली भएको हो ।

स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध डिसी ‘आवाजको दुनियाको साथी’ नामले चर्चित छन् । पछिल्लो समय उनले रेडियोमा ‘घुम्ने मेच’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कलाकार, लेखक, निर्माता, निर्देशक डिसी बहुमुखी प्रतिभाको धनी छन् ।

केही वर्ष चलचित्र निर्देशन र टेलिभिजनमा सक्रिय डिसी विगत अढाई वर्षदेखि रेडियो कान्तिपुरमा कार्यरत रहेका थिए ।उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका सल्लाहाकार समेत रहेका छन् ।

कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताए।

प्रतिक्रिया दिनुहोस