बिस बर्ष पछि चैति (रुगँ) पर्वको जर्गेनामा स्थानिय

लेख बुढा/डोल्पा :-
डोल्पा जिल्ला काईके गाउपालीका वडा नं. ७ का स्थानियहरु २० बर्ष पछी बौद्ध धर्मालम्वीहरुले मनाउने महान चार्ड चैती (रुगँ) पर्वको को संरक्षणमा जुटेका छन । भाेटे भाषामा रुगँ भन्नाले ठुलाे पर्व चैती भनिन्छ । २० बर्ष पहिले स्थानिय अगुवा ताग्ला रोकाया को निधन पछी यो बर्ष देखि स्थानियहरु चैती ( रुगँ ) पर्वको संरक्षणमा जुटेका हुन। २० बर्ष पहिले सम्म यो पर्व मनाउदै आएका स्थानिय,अगुवा लाग्ने कोही नभएपछी चैती चार्ड मनाउन छाडीएको तर यो बर्ष देखि चैती रुङग पर्वको संरक्षणमा जुटेको काईके गाउपालीका वडा नं. ६ र ७ का वडा अध्यक्ष रामचन्द्र रोकाया उत्तम ले बताउनु भयाे ।चैती (रुगँ) पर्व डोल्पा जिल्लाको जगदुल्ला गाउपालीका,शेफोक्सुन्डो गाउपालीका,काईके गाउपालीका,छार्कातागँसोगं गाउपालीका,डोल्पो बुद्ध गाउपालीका मा चैती पर्वलाई मुख्य पर्वको रुपमा लिईने गरिन्छ । त्रिपुरा सुन्दरी नगरपालीका, ठुलीभेरी नगरपालीकाका र मुड्केचुला गाउपालीका का केहि स्थानहरुमा यो पर्व मनाईन्छ । चैति (रुगँ) पर्व जगेर्ना गर्नको लागी काईके गाउपालीका वडा ६ र ७ वन्ठारा,चिल्पारा, उरुटोलाका स्थानियहरु पुर्खैली पर्वलाई बाचाई राख्नको लागी अभियानमा लागेको स्थानिय रामकर्ण रोकाय मुखियाले बताए। वडा अध्यक्ष रामचन्द्र रोकायाको अगुवाईमा स्थानिय यूवाहरु वन्ठारामा चैती पर्वको रमझममा जुटेका छन यो बर्षमा नजिकैको लावण गुम्वाबाट लामा गुरु बोलाएर पुजापाठ गर्ने,एक जना गाउँबाट अगुवाई लाग्ने व्यक्ती छनौट गर्ने र अर्को बर्ष देखि चैती (रुगँ) पर्वलाई भव्य गर्ने याेजना रहेकाे स्थानिय यूवा सुकलाल बुढा भनाई छ। विशेष गरेर माघ महिनामा बर्षभरी कामकाज गरेर साचेको विभिन्न किसिम्का लोक्कल खानेकुराको प्रकार वनाई राख्ने र माघ महिना र फागुनको पहिलो साता सम्मा गाउँमा आएका पाहुनालाई खुवाउने र स्थानिय आफन्तहरुको भेटघाट गर्ने,टिका जमरा लगाउने, स्थानिय लोक साँस्कृतिमा रमाउने गर्दछन । चैती (रुगँ) पर्व विशेष गरेर बौद्ध धर्मावलम्वीहरुको मुख्य चार्ड हो यो पर्व डोल्पा जिल्लाका केही हिन्दु धर्मावलम्वीहरले पनी मनाउने गर्दछन,यस्ता पर्वहरुले विभिन्न जातजाति,बहुभाषी विच धार्मिक एकताको पनी सन्देश दिने गर्दछ ।

प्रतिक्रिया दिनुहोस