आलु खेतीतर्फ आकर्षित हुँदै पाल्पाका कृषक

काठमाडौं :-  परम्परागत निर्वाहमुखी खेती गर्दै आएका पाल्पाको रामपुर नगरपालिकाका कृषकहरु अहिले उन्नत जातको वीउ प्रयोग गरेर व्यवसायिक आलु खेती तर्फ आकर्षित भएका छन् । स्थानीय सरकारले व्यवसायिक कृषिलाई जोड दिँदै आर्थिक र प्राविधिक सहयोग गरेपछि किसानहरु व्यवसायिक आलु खेतीमा लागेका हुन् ।

पाल्पाको रामपुर नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिएर किसानलाई आर्थिक तथा प्राविधिक सहयोग पु¥याएपछि कृषकहरु आलुको व्यवसायिक खेती तर्फ आकर्षित भएका छन् । स्थानीय जातको बीउ प्रयोग गरेर निर्वाहमुखि आलु खेती गर्दे आएका किसानहरु यति खेर भने उन्न्तजातको बिउ प्रयोग गरेर ब्यवासायिक आलु खेतीमा लागेका हुन् ।

नगरपालिकाले वडानम्बर ६ लाई आलु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरेको छ ।स्थानीय सरकारले जनकदेव जातको वीउमा अनुदान उपलब्ध गराएपछि आफूहरु आलुखेती तर्फ आकर्षित भएको कृषकको भनाइ छ ।

व्यासायिक रुपमा आलु खेती गर्ने कृषकहरुले आफ्नो ब्यक्तिगत खेतीबारीमा मात्र नभई अरुको जमिन भाडामा लिएर समुह मार्फत समेत आलु उब्जाउन थालेका छन । स्थानीय सरकारले उत्पादनमा मात्र नभई बजारीकरण र भण्डारणमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । रामपुर नगरपालिकाले ६८ जना किसान र १० वटा समुहलाई १ सय ३८ बोरा उन्नतजातको बीउ निशुल्क रुपमा वितरण गरेको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस