नर्सहरु पलायन हुने क्रम रोकिएको छैन । सरकारले नर्सिङ पेशालाई मर्यादीत र व्यवस्थीत बनाउन नसक्दा दर्तावाल नर्सहरु देशबाहिर पलायन हुने गरेका छन् । धेरैजसो अष्ट्रेलीया, अमेरीका, क्यानडा, नरवये पुगेका छन् ।
कति छन् नर्सहरु ?
नेपाल नर्सिङ परिषद्को तथ्याङक अनुसार ८२ हजार तिन सय ८८ जना नर्सहरु छन् । जसअन्तर्गत ४९ हजार नौ सय ३० नर्स, ३१ हजार ६ सय २३ अनमी र आठ सय ३५ विदेशी नर्स पर्दछन् । यस्तै अहिलेसम्म २० हजार पाँच सय ५२ जना नर्सले दर्ता नविकरण गराएका छन् । जसअन्तर्गत् १४ हजार ४५ जना नर्स र ६ हजार पाँच सय ७ अनमि पर्दछन् ।
२० हजार नर्स देशबाहिर
अहिलेसम्म दर्तावाल २० हजार नर्सहरु बाहीरी देश पलायन भएको नेपाल नर्सिङ यसोशियसनले जनाएको छ । सरकारले नर्सहरुलाई उचित पारीश्रमीक नदिँदा नर्सहरु पलायन हुने क्रम नरोकीएको बताइएको छ ।
हाल देशभित्र १३ हजार नर्सहरु मात्रै सरकारी सेवामा कार्यरत छन् । एक जना नर्सले कम्तीमा पाँच जना बिरामीलाई हेर्नुपर्ने बाध्यता छ । नर्सहरुलाई सरकारले उचित पारीश्रमीकको व्यवस्था गर्न नसक्दा दर्तावाल २० हजार नर्सहरु देशबाहीर पलायन भएको देखिन्छ ।
नर्सहरुलाई सरकार र अस्पतालले शोषणको व्यवहार गर्दा पलायनको दर बढेको हो । उहाँले भन्नुभयो–‘जनरल वार्डमा पाँच जना विरामी वरावर एक जना नर्स आवश्यक पर्छ । तर, नर्सहरुलाई सरकारले राम्रो व्यवहार नगर्दा स्तरीय स्वास्थ्य सेवा प्रवाह हुन सकेको छैन ।’ प्रसुति गृहमा दुइ जना नर्स बराबर एक जना बिरामी हुनुपर्ने हुन्छ । तर, अहिले दुई जना बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने बाध्यता छ । त्यसकारण नर्सहरुमा निरासा पैदा भइ उनिहरु बिकल्पका रुपमा बिदेश पलायन हुने गरेका छन् ।
सरकारले नर्सिङ पेशालाई मर्यादीत र व्यवस्थीत बनाउन नसक्दा दर्तावाल नर्सहरु देशबाहिर पलायन हुने गरेका छन् । धेरैजसो अष्ट्रेलीया, अमेरीका, क्यानडा, नरवये पुगेका छन् । अहिलेसम्म दर्तावाल २० हजार नर्सहरु बाहीरी देश पलायन भएको नेपाल नर्सिङ यसोशियसनले जनाएको छ । सरकारले नर्सहरुलाई उचित पारीश्रमीक नदिँदा नर्सहरु पलायन हुने रकम नरोकीएको बताइएको छ ।
किन पलायन भए नर्सहरु ?
नेपाल नर्सिङ यशोसियसनका अध्यक्ष तारा पोख्रेलका अनुसार नर्सहरुलाई सरकार र अस्पतालले शोषणको व्यवहार गर्दा पलायनको दर बढेको हो । उहाँले भन्नुभयो–‘जनरल वार्डमा पाँच जना विरामी वरावर एक जना नर्स आवश्यक पर्छ । तर, नर्सहरुलाई सरकारले राम्रो व्यवहार नगर्दा स्तरीय स्वास्थ्य सेवा प्रवाह हुन सकेको छैन ।’
प्रसुति गृहमा दुइ जना नर्स बराबर एक जना बिरामी हुनुपर्ने हुन्छ । तर, अहिले दुई जना बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने बाध्यता छ । त्यसकारण नर्सहरुमा निरासा पैदा भइ उनिहरु बिकल्पका रुपमा बिदेश पलायन हुने गरेका छन् ।
नर्स पढ्न कति खर्च लाग्छ ?
मान्यताप्राप्त शिक्षण संस्थावाट तिन वर्षको कोर्स सकेपछि पिसीएल नर्सीङ पुरा हुन्छ । नर्सिङ पुरा गर्न ७ लाख रुपैंयासम्म खर्च हुन्छ ।
सरकारले काम अनुसारको पारीश्रमीक दिलाउनुपर्ने
नर्सहरु १२ घण्टा सम्म दिन रात नभनि काम गर्छन् । तर, उनिहरुले निकै कम ज्यालादारीमा काम गर्दै आइरहेका छन् । नर्सहरुले १० हजार रुपैंया देखि १५ हजार रुपैंयासम्म काम गर्न बाध्य छन् । सरकारले न्यूनतम पारिश्रमीक १६ हजार रुपैंया तोकेपनि १० हजार देखि १५ हजार रुपैंयासम्म तलव लिएर अधिकांश नर्सहरु काम गर्न बाध्य छन् । काठमाडौं स्थित एक निजी अस्पतालमा कार्यरत विएस्सी नर्सिङ गरेकी रञ्जना दाहालले शिक्षण अस्पताल महाराजगञ्जमा रोजगारी खुलेको थाह पाएपछि फर्म भरिन् । तर, सो निजी अस्पतालले परिक्षाका लागि जान दिएन । अझैपनि नर्सहरु लगातार १२ घण्टासम्म काम गर्न वाध्य छन् ।
तर, अझै नर्सहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको नर्सिङ यशोसियसनले बताएको छ । कम पारीश्रमीक दिदाँ आवाज किन नउठाएको भनि निजी अस्पतालमा कार्यरत नर्सहरुलाई सोध्दा अधिकाशंको भनाई छ – ‘कम तलव भयो भने जागीरनै धरापमा पर्छ कि भन्ने डर लाग्छ । त्यहि भएर चुप लागेर बस्न बाध्य छौं । यस बिषयमा नर्सीङ संघ, सरोकारवाला निकाय बोलिदिनुप¥यो । भोलीन्टीयर गरे गर्नुस नत्र जानुस भन्छ अस्पताल प्रशासनले । डाक्टरलाई महत्व दिन्छन् ।’
सरकारले नर्सहरुका लागी काम अनसार पारिश्रमीक उपलब्ध गराउनुपर्ने नर्सीङ एसोशियसनले बताएको छ । विदेश पलायनलाई रोकि नर्सीङ क्षेत्रमा सरकारी तर्फ जनशक्ति थप गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।