पुर्खौ पुरानो मष्ट भवनीको मन्दीर भत्कीदा पाचँ लाख बराबरको क्षती

लेख बुढा / डोल्पा: डोल्पा जिल्लाको मुड्केचुला गाउपालीका वडा नं. ६ मा रहेको पुर्खौ दखिको पुरानो मष्ट भवनीको मन्दीर भत्कीदा पाचँ लाख बरावरको क्षेती भएको छ । यहि माघ ११ गते शनिवार दिउसो १ बजे तिर अत्याधीक हावाहुरी चले पछी मष्टा भवनीको मन्दीर नजिकैको धुपीसल्लोको रुख ढल्दा उक्त मन्दीरको सवै क्षती भएको हो । मुड्केचुला गाउपालीका नजिकै नर्कु गाउँको डारदार भन्ने ठाउँमा रहेको उक्त मन्दीर माथी रुख ढल्दा मन्दीर भित्र रहेको पुजापाठको लागी रहेका मुर्तिहरु,घण्टी,आलिम,त्रिशुल लगायतका सामानहरु कुच्चेको र केही पुरिएको उक्त मन्दीरका धामी तथा मुड्केचुला गाउपालीका का कानुनी सल्लाहाकार दन्त बहादुर शाहीले बताउनु भएको छ ।


उक्त स्थानमा रहेको मष्टा भवनीको मन्दीर पुर्खाले सोही स्थानमा बस्ती बसे लगतै कल्यान शाहीको पालामा मन्दीर स्थापना गरिएको भन्ने कुरा आफुले जानकारी पाएको नर्कु गाउँका जेष्ठ नागरीक तथा भुपु धामी कर्ण बहादुर शाही (जैसी)ले बताउनु भयो । शनिवारको हावाहुरीले हेर्दाहेर्दै मन्दीर पुरै सखाप पर्दीएको भन्दै दुख व्यकत गर्नु गर्नु भयो ।
साविको कालिका,नर्कु सर्मि र हाल मुड्केचुला गाउपालीका का ९ वटै वडाका धेरै जस्तो बासिन्दाहरुले मष्ट भवनी मन्दीरमा पुजा गर्ने गर्दछन । उक्त मन्दीरमा विशेष गरेर प्रत्यक बर्षको साउन र भाद्र पुर्णिमाको समयमा मुड्केचुलाको मुुड्केचुला तिर्थ स्थलमा नुहाएर सुद्धो भएर आउने र धार्मिक धामी नाच मेला लाग्ने गर्दछ । यस्तै प्रत्यक बर्षको कार्तिक पुर्णिमाको समयमा पनी धामी नाचँ सगैँ मेला गाग्ने गर्दछ ।
भिजिट नेपाल २०२० लाई सफल पार्न मुड्केचुला गाउपालीकामा रहेको धार्मिक तथा साँस्कृतिक पर्यटकीय स्थललाई मर्मत निमार्ण सगैँ व्यवस्थीत र प्रचार प्रचार गर्नको लागी संघीय सरकार र प्रदेश सरकार सगँ सहयोगको पहल गर्ने नेकपा जिल्ला कमिटि डोल्पाका सचिवालय सदस्य तथा मुड्केचुला गाउपालीका का सह–ईन्चार लंक बहादुर रोकायाले बताउनु भयो । भिजिट नेपाल २०२० लाई सफल बनाउन र स्थानिय तहमा भएका पर्यटकीय स्थलहरुलाई विश्व सामु पुर्याउनको लागी जिल्लाका सम्पुर्ण स्थानिय सरकारले पनी स्थानिय तहबाटै विशेष कार्यक्रम बनाउन आवश्यक रहेको पनी रोकायाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस