चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०६ पुग्यो

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ ।
चीनको खुबे प्रान्तमा मात्रै कोरोनाको संक्रमणबाट मर्नेको संख्या ५६ बाट ७६ पुगिसकेको छ । यस्तै चीनको अन्य भागमा भने हालसम्म ६ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।

चीनसँगै विश्वका अन्य देशमा समेत यस भाइरसका संक्रमितहरु भेटिएका छन् । चीन बाहिर यो ४४ को संख्यामा रहेको जनाइएको छ । कोरोना भाइरसबाट चीनमा तीन हजार बढी संक्रमित भइसकेका छन् ।

चीनको खुबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३ सय संक्रमित भएको जानकारी प्राप्त भएको जनाएको छ । संक्रमितको संख्या बढ्न थालेपछि चीनको प्रशासनले प्रतिबन्धलाई अझ कडा पारेको छ । यसका साथै चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश नजान समेत आग्रह गरेको छ ।

यसैगरी अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीनको यात्रामा ननिस्कन यात्रा निर्देशन जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस