Exculsive : गायिका आस्था राउत अस्पताल भर्ना

गायिका आस्था राउत अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

प्रहरीले हाइपर टेन्सनका कारण समस्या भएपछि सोमबार साँझ नै आस्थालाई अस्पताल भर्ना गरिएको जानकारी दिएको छ ।

१ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग आस्थाको भनाभन भएको थियो ।

एक कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि आस्थाले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

आस्थाको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् ।

हिजै जिल्ला प्रशासन कार्यालय काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।

आस्थालाई सामान्य विवादमा पक्राउ गरी हिरासतमा राखिएको भन्दै प्रशासनको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस